२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्छ : युवराज दुलाल

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद दुलालले संदनलाई कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रूपमा देखिएको भन्दै अब सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

उनले देशमा मौलाउँदै गरेको भ्रष्टाचार, विकृति, बेसंगतिका विरुद्ध गरेको विद्रोह गरेको भन्दै उनीहरुको चाहना अनुसार देशलाई अघि बढाउनुपर्नेमा जोड दिए । संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने संकल्प गरेको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने उनले बताए ।

उनले सरकारले स्टन्ड गरेर समय खेल फाले नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नआउने उल्लेख गरे । उनले देश र जनताको आवश्यकताका आधारमा संविधान संशोधनका लागि अघि बढ्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट