२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वैदेशीक ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति सांसद ओलीको आपत्ति

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद खुस्बु ओलीले वैदेशीक ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोलदै सांसद ओलीले भर्खरै गठन भएको नयाँ सरकारले बिना कुनै योजना र नीतिगत बहसविना वैदेशीक ऋण स्वीकार गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

संसदीय समिति र उपसमितिहरु समेत गठन नभएको अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना रहेको उनको भनाइ छ । उनले वैदेशीक ऋण स्वीकार गर्ने निर्णय प्रति सदनमा सरकारको जवाफ माग समेत गरिन् ।

त्यस्तै उनले आगामी आर्थिक बर्षको बजेट बितरणमा समेत एकरुपता ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट