२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रतिनिधिसभा बैठकबाट बिभिन्न तीन अध्यादेश स्वीकृत

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठकले बिभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ ।

सोमबार बसेको बैठकले ‘मतदाता नामावली पहिलो संशोधन अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत गरेको हो ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यस्तै बैठकले प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन समेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रस्तावबमोजिम सांसद गणेश पराजुली सभापति रहने गरी सबै दलका सदस्यहरू सम्मिलत समिति सर्वसम्मतिले पारित भएको हो ।

समितिले सभामुखको सामान्य निर्देशनमा रही आफ्नो कार्यविधि आफँै तय गर्नेछ भने समितिलाई कार्यप्रारम्भ भएको मितिले १४ दिन कार्यअवधि दिइएको छ ।

यसैगरी, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यहरू मनोनयन गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक चैत २४ गते मंगलबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट