२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर छ : परराष्ट्रमन्त्री खनाल

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको बताएका छन् ।

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै मन्त्री खनालले मध्यपूर्वको युद्धका कारण कुनै नेपालीलाई समस्या परे स्वदेश फर्काउन सरकारले सहजीकरण लगाएतका कामहरु गम्भीरतापूर्वक गरिरहेको बताएका हुन् । उनले सहजीकरणका लागि ८८ हजार भन्दा बढिको नाम संकलन भएको जानकारी दिदै तुरुन्त नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर आवश्यक काम गरिरहेको बताए ।

अहिले युद्धका कारण नभइ नेपालीहरुको भिसा, कामको छुट्टी लगाएतका नियमित किसिमका समस्याका कारणहरु देखिएको उनको भनाइ छ । परराष्ट्रमन्त्री खनालले युद्धकै कारणले अथवा असुरक्षाको कारणले स्वदेश फर्कनुपर्ने दबाव नदेखिएको उल्लेख गरे । मध्यपूर्वको युद्धका कारण हाल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिकै कारण सार्वजनिक निकायमा छुट्टी दिने निर्णय भएको जानकारी दिदै मन्त्री खनालले आगामी दिनमा देखिन सक्ने अन्य समस्याका बारेमा अध्ययन भइरहेको बताए ।

साथै उनले यस बर्ष मलखादको समस्या पनि देखिन सक्ने भएकाले पूर्व तयारीका लागि समेत सुझावका साथ प्रतिवेदन तयार पारेर मंगलबारसम्म मन्त्रिपरिषद्मा बुझाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट