काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त बिभिन्न तीन विधेयकहरु टेबुल गरिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना तथा सञ्चालन) विधेयक २०८१, पर्यटन विधेयक २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको हो । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयकहरु टेबुल गरे ।
प्रतिनिधिसभाको अर्को बैठक चैत्र २५ गते बुधबार दिउसो १ बजे बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस