२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

निर्वाचनमा पार्टी पराजय हुनुमा आन्तरिक कारण नै बढि छ : युवराज दुलाल

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजय हुनुमा आन्तरिक कारण नै बढि रहेको बताएका छन् ।

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गदैै दुलालले फागुन २१ गते निर्वाचनमा पराजय हुनुमा आन्तरिक कारण बढि रहेको र अरुलाई दोष दिने ठाँउ नरहेको बताए ।

त्यस्तै देश भित्र र बाह्य परिस्थीतिलाई बुझ्न नसक्नु र समयमा नै उचित पहल लिन नसक्नु पराजयको अर्को कारण रहेको उहाले बताए । त्यस्तै दुलालले भ्रष्टाचार र सुशासनका लागि पार्टीले गरेको राम्रा कामको जानकारी जनतालाई गराउन नसकिएको धारणा राखे । उनले पार्टी सदस्य भएर अरुलाई भोट हाल्नेलाई कारवाही हुने स्पष्ट पारे ।

दुलालले जनताको म्याण्डेड अनुसार वर्तमान सरकार गठन भएकाले सरकारको राम्रा कामलाई सदैव समर्थन हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट