२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । नेकपा एमालेका सांसदहरुले सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेका प्रतिनिधिसभा बैठकमा उनीहरुले सरकारले सुरुवाती चरणबाटै संविधान र विधिको शासन उलंघन गर्ने काम गरेको भन्दै प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका हुन् ।

बैठकमा एमाले सांसद गुरुप्रसाद बरालले सरकारले नेपालको संविधान र विधिको शासनको उलंघन गरिरहेको भन्दै संविधान प्रदत्त नागरिकका मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि निर्देशन दिन अनुरोध गरे । भाद्र २३ र २४ को घटनालाई लिएर पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको मुद्दा खारेजजन्य रहेको उनले बताए ।

त्यस्तै एमालेकी अर्का सांसद यशुदाकुमारी बरालले २००७ सालदेखि जेनजी आन्दोलनसम्मका घटनाक्रमलाई लिएर सवै फाइल खोल्न आग्रह गरिन् । ओली र लेखकमाथि राजनीतिक प्रतिशोध राख्ने काम नगर्न उनले चेतावनी समेत दिइन् ।

उनले वर्तमान सरकारले विधिको शासन उलंघन गरे धेरै ठूलो क्षति व्यहोनुपर्ने समेत उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट