२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नागरिकलाई गर्व र अपनत्व हुने गरी काम गर्न सरकारलाई सांसद अधिकारीको सुझाव

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकलाई गर्व र अपनत्व हुने गरी काम गर्न सरकारलाई सुझाव दिएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले जनताले ठूलो विश्वास गरेर रास्वपालाई मत दिएको भन्दै सरकारप्रति नागरिकको आशंका नभइ गर्वका साथ सरकार आफ्नै हो भन्न सक्ने गरी काम गर्न सुझाव दिएकी हुन् ।

अहिले नेपालको राजनीतिले काँचुली फेरेको अवस्थामा भागबण्डा नभइ परिणाम दिने गरी काम गर्नुपर्ने उनले बताइन् । सांसद अधिकारीले विपद्मा समेत राज्य नागरिकसँग टाढा बस्ने नभइ नागरिकको हात थाम्ने सहारा बन्न सक्नुपर्ने उल्लेख गरिन् । उद्यम गर्ने वातावरण सुनिश्चित, सुरक्षित र आशावादी बन्दै जानुपर्ने र सरकारी कार्यालयबाट निस्किने हरेक सेवाग्राहीको अनुहारमा निराशा नभइ सन्तुष्टि र आत्मसम्मान देखिनुपर्ने उनले बताइन् । अधिकारीले जेनजी आन्दोलनको मर्म अनुसार नयाँ सोच, नयाँ विचार, नयाँ ऊर्जा र उत्तरदायी नेतृत्वमार्फत देशलाई सही दिशामा लैजानुपर्नेमा जोड दिइन् ।

नागरिकको चाहनाबमोजिम सुशासन र सार्वजनिक सेवा प्रवाहमा द्रुत गतिले कामको थालनी गरेको भन्दै उहाले सरकारप्रति आभार व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट