२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

जेनजी युवाहरुसँग गरेको सम्झौता अक्षरस पालना गर्न सासंद खरेलद्वारा सरकारको ध्यानाकर्षण

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । रास्वपा सांसद जगदीश खरेलले जेनजी युवाहरुसँग यसअघिको सरकारले गरेको १० बुँदे सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले जेनजी युवाहरुको बलिदानकै कारण मुलुक नयाँ अवस्थामा प्रवेश गरेको भन्दै जेनजी युवाहरुसँग भएको सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । १० बुँदे सम्झौता यताउता भए स्वीकार्य नहुने उनको भनाइ छ ।

खरेलले तोकिएको समयमा नै निर्वाचन सम्पन्न भएका कारण संसदमा पुराना पातहरु हट्दै गएको र नयाँ पालुवा पलाएको धारणा राखे ।

जेनजी आन्दोलनपछि मुलुकमा राजनीति र राजनीति नेतृत्वको परिभाषा नै परिवर्तन भएको भन्दै सांसद खरेलले परिभाषा परिवर्तन गर्ने नायक रवि लामिछाने भएको उल्लेख गरे ।

उनले सार्वभौम व्यवस्थापीका संसदलाई कार्यपालिकाको छाँया बन्ने अवस्था आउन नदिन सवै प्रतिवद्ध हुनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट