२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

उपसभामुख चयनका लागि चैत्र २७ गते निर्वाचन हुने

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन हुने भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति ताकेका हुन् । साथै उनले उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए ।

उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ता हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत्र २७ गते शुक्रबार अपरान्ह ४ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट