२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

गृहमन्त्री गुरुङसँग स्वीस राजदूतको शिष्टाचार भेटघाट, के भयो छलफल ?

बुधवार , चैत्र २५, २०८२

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीले आज शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा भएको सो भेटमा राजदूत मैवलीले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिइन् ।

नेपाली उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायत कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरे–नगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्री गुरुङले राजदूतसमक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

विपद् व्यवस्थापनका क्षेत्रमा गृहमन्त्री गुरुङको एक दशकभन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवं विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट