२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

तनहुँमा मतदाता नामावली संकलन तथा अद्यावधिक: ९० प्रतिशत आवेदन अनलाइनबाटै

बिहिवार , चैत्र २६, २०८२

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने, “आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै नाम दर्ता गराएका छन् ।”

हालसम्म राष्ट्रिय परिचयपत्रबाट ४१९ जना र कार्यालयमा आई ५५ जना गरी ४६४ जनाले मतदाता नामावलीमा दर्ता गरेका छन् ।

यसैबीच दुवै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का १६ र २ का ११ गरी कूल २७ जना उम्मेदवारले खर्च विवरण बुझाएको हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट