२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आज २०८२ साल चैत २७ गते शुक्रबार, आजको राशिफल कस्तो छ ?

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख कृष्ण पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२६ अप्रिल १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं ।

मेष दिन राम्रो छ। आज बनाएका योजना दीर्घकालसम्म रहनेछन्। व्यापारमा लाभ हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ।

वृष स् धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन स् तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट स् तपाईंको बोलीले साथी टाढा पुग्नेछन्। सञ्चित धन खर्च हुनेछ। व्यापारमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवनमा भने खटपटी बढ्नेछ।

सिंह स् ठुलो समस्याको सामना गर्नुपर्ने दिन छ। कामको बोझले मन अशान्त बन्नेछ। मिल्ने साथीभन्दा पुराना विपक्षीबाट महत्त्वपूर्ण काममा साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने सम्भावना छ।

कन्या स् दिन राम्रो छ। साथीको साथले काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। काममा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला स् आम्दानीका दृष्टिले दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिनेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिकमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

वृश्चिक स् दिन सामान्य राम्रो छ। जोखिम कामको सुरुवात नगर्नु राम्रो हुनेछ। बलले भन्दा बुद्धिले गरेको काम सार्थक बन्नेछ। परिवारभित्र टकराब बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सफल बन्नेछ।

धनु स् सोचेका काम सहज बन्नेछन्। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने साथीको बहुमत भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर स् मनमा शान्ति मिल्नेछ। लगानीका क्षेत्र सबल छन्। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ।

कुम्भ स् आफन्तसँग जोगिएर काम गर्नुपर्नेछ। स्वास्थ्यको भन्दा पनि इज्जतको ख्याल गर्नुपर्नेछ। परिवारमा ठुलो विश्वास गर्नाले धोका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मीन स् बौद्धिक व्यक्तिसँगको परामर्शले मन शान्त हुनेछ। सञ्चित धन खर्च हुने जोखिम छ। आफन्तसँग सहकार्य नगर्नु उचित हुन्छ। परिवारको सल्लाह लिएर गाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट