२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

लुम्बिनी प्रदेशसभाको १० औँ बैठक आज: प्रज्ञा–प्रतिष्ठान र अनुसन्धान विधेयक पारित गर्ने तयारी

शुक्रवार , चैत्र २७, २०८२

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १० औँ बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ । त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट