२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रामजी यादव र गौरी यादवलाई सरकारमा पठाउने, अरु केके छन् रास्वपा संसदीय दलको बैठकका निर्णय ?

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रामजी यादव र गौरीकुमारी यादवलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकले रामजी यादव र गौरीकुमारी यादवलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।

सप्तरीबाट निर्वाचित सांसद रामजी यादवलाई श्रम तथा महोत्तरीबाट निर्वाचित भएकी गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले बिभिन्न मन्त्रालयमा पार्टीका सांसद, केन्द्रीय सदस्यहरुलाई अनावश्यक उपस्थीति नजनाउन समेत निर्देशन दिएको छ । जनप्रतिनिधि र पार्टीका कार्यकताको समस्या र गुनासो सम्बोधन गर्न पार्टी कार्यालयमा हरेक दिन एकजना केन्द्रीय सदस्य र एकजना सांसदको उपस्थीति गराइने गरि नयाँ क्यालेन्डरको सुरुवात समेत गरिएको प्रवक्ता झाले बताए । बैठकले संसदको अधिवेशन अन्त्य भएपछि आफ्ना निर्वाचन क्षेत्रमा गर्नुपर्ने समन्वय पहलहरुमा ध्यान केन्द्रीत गर्न सांसदहरुलाई निर्देशन दिएको झाले बताए ।

त्यसैगरि बैठकले प्रतिनिधिसभा उपसभामुख पदमा श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार बनेकी रुवी कुमारीलाई समर्थन गर्ने र उनको पक्षमा मतदान गर्ने निर्णय समेत भएको प्रवक्ता झाले बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट