२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रतिनिधिसभा बैठकः उपसभामुख पदका उम्मेदवारको प्रस्तावमाथि छलफल

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौँ । प्रतिनिधिसभामा उपसभामुख पदमा सदस्य सरस्वती लामा र सदस्य रुबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्ताव छलफलका प्रस्तुत भएका छन् ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ‘लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनेर प्रस्ताव राखे । उक्त प्रस्तावमा ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गरे ।

दोस्रो प्रस्तावका प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आरेन राईले ‘ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भन्नेमा प्रस्ताव पेस गरे । सांसद राईले जेनजी उमेर समूहकी ठाकुरलाई उपसभामुखमा अघि सारिएको बताउँदै उनले मधेसका सम्पूर्ण छोरीचेलीको आवाज बोक्ने विश्वास व्यक्त गरे ।

समर्थक अशोककुमार चौधरीले संसद्कै कान्छी सांसद बन्दा नेपालको संविधानले परिकल्पना गरेको समावेशी, प्रतिनिधित्वको व्यवहारिक कार्यान्वयनको उत्कृष्ट उदाहरण हुने बताए । साथै अम्बिकादेवी सङ्ग्रौलाले पनि यो प्रस्तावलाई समर्थन गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट