काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।
उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् ।
आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको थियो ।
तटस्थमा ३७ मत खस्यो ।
प्रतिक्रिया दिनुहोस