काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै काठमाडौं उपत्यका र उपत्यकाबाहिर बागमती प्रदेशका अन्य सहर(बस्तीमा चल्ने सवारीको नयाँ भाडादर तोकेको हो ।
सङ्घीय सरकारले अन्तर प्रदेश (एक प्रदेशबाट अर्को प्रदेश) चल्ने सवारीको भाडा दर यसअघि नै सार्वजनिक गरिसकेको सन्दर्भमा, बागमती प्रदेशले आफ्नो क्षेत्राधिकारभित्र चल्ने सवारीका लागि यो निर्णय लिएको हो ।
नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकाका छोटा दूरी र प्रदेशका लामो दूरीका रुटहरूमा नयाँ शुल्क कायम हुनेछ ।
यस्तो छ समायोजना गरेको नयाँ भाडादर :







प्रतिक्रिया दिनुहोस