२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आशिस गजुरेलले भनेः सडक दुर्घटना राष्ट्रिय संकट, ऐन तत्काल ल्याइयोस्

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य आशिष गजुरेलले सडक दुर्घटना न्यूनीकरण, सडक सुरक्षा ऐनको कार्यान्वयन र कृषकका समस्या समाधानलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिन्धुली क्षेत्र नं। २ बाट निर्वाचित गजुरेलले प्रतिनिधिसभामा पहिलो सम्बोधन गर्दै जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू उठाएका हुन् ।

उनले नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसतमा सात जनाले ज्यान गुमाइरहेको उल्लेख गर्दै यस अवस्थालाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरे । “नागरिक घरबाट निस्किन्छन्, तर सबै सुरक्षित रूपमा फर्किन पाउँदैनन्,” उनले भने ।

गजुरेलले हाल तयार भइसकेको ‘सडक सुरक्षा ऐन’ तत्काल संसदमा पेस गरी पारित गर्नुपर्नेमा जोड दिए। स्पष्ट कानुनी व्यवस्था अभावमा सडक दुर्घटना न्यूनीकरणका प्रयास प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

त्यस्तै, सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आवश्यक सुधार गर्नुपर्ने उनले औंल्याए। पैदल यात्रु तथा अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमन सुनिश्चित गर्न सडक पूर्वाधारलाई समावेशी बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

कृषि क्षेत्रका समस्याबारे बोल्दै गजुरेलले मल अभाव, सिँचाइको कमी, उत्पादनको बजार नहुनु तथा उचित मूल्य नपाउने समस्याले कृषकहरू पीडित रहेको बताए। उनले यी समस्याको समाधानका लागि प्रभावकारी नीति कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।

सांसद गजुरेलले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू आगामी दिनमा पनि संसदमा उठाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट