२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पती भारत भ्रमणमा जाँदै

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पती भारत भ्रमणमा जाने भएका छन् ।

भट्टराई दम्पती आइतबार भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन त्यहाँ जान लागेका हुन् ।

डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुँदैछ ।

भट्टराईले उक्त कार्यक्रममा बदलिएको नेपाली राजनीति र दक्षिण एसियाली समृद्धिको सम्भावनाबारे आफ्ना विचार राख्नेछन् ।

त्यस्तै, ग्वालियरको कार्यक्रम सकिए लगत्तै उनी नयाँ दिल्ली गएर साउथ एसियन युनिभर्सिटी (साउ) को सामाजिक विज्ञान संकायद्वारा आयोजित इन्टरडिसिप्लिनरी कन्भर्सेसनमा मुख्य सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

उनी वैशाख २ गते नेपाल फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट