२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको नेकपा केन्द्रीय कार्यसंयोजक समितिको बैठकले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने बिषय गलत भएकाले यसको बिपक्षमा उभिने निर्णय गरेको नेकपा नेता जगन्नाथ खतिवडाले जानकारी दिए । विद्यार्थी संगठनहरुलाई क्याम्पसमा प्रतिवन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध कुराले विद्यार्थी र श्रमिकहरुको अधिकार कुण्ठित गरेको बैठकको निष्कर्ष रहेको उनले बताए ।

नेता खतिवडाले केन्द्रीय कार्यसंयोजक समितिको बैठकमा देशको समसामयीक परिस्थीति, सरकारको क्रियाकलाप, पार्टीको आगामी कार्ययोजना तथा सम्पूर्ण कमिटीहरूको समायोजनको बिषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए । केन्द्रीय कार्यसंयोजक समितिमा हालसम्म ४५ जना सदस्यहरुले धारणा राखेको र बैंशाख तीन गते बस्नेगरि बैठक स्थगित गरिएको उनले बताए ।

मुलुकको वर्तमान परिस्थीतिका साथै पार्टीको आन्तरिक बिषयमा निर्णय गर्दै केन्द्रीय कार्यसंयोजक समितिको बैठक बैशाख ४ गतेभित्र सम्पन्न गरिने खतिवडाले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट