शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एनआरएनए जापानको चुनावी मैदानमा गलकोटका ९ जना

एनआरएनए जापानको चुनावी मैदानमा गलकोटका ९ जना

जापान । एनआरएनए जापानको आगामी कार्यकालको लागि चुनावमा विभिन्न पदमा वागलुङ गलकाेटका ९ जनाकाे उम्मेदवारी परेकाे छ । एनआरएनए जापानको आगामी कार्यकाल २०२१–२०२३ को लागि चुनावी मैदानमा ६४ जनाले प्रतिस्पर्धाका लागि उमेद्वारी दर्ता गराएका छन् । 

नेपालमै अत्याधिक रेमिटेन्स भित्र्याउने बागलुङको मध्ये क्षेत्र गलकोटका ९ जनाले विभिन्न पदमा उमेदवारी घोषणा गरेका छन् । गलकोटबाट पनि अन्तर्राष्ट्रिय तथा जापानको राष्ट्रिय परिषद सदस्य पदमा गरी ९ जनाले उमेदवारी दिएका हुन् ।

गलकोटबाट काे काे ? 

गलकोटका ९ जना चुनाjL प्रतिष्पर्धामा उत्रिएका छन् । ताराखोला गाँउपालिका वडा नम्वर ३ अस्मुखीमा जन्मिएका नर बहादुर थापाले एनआरएनए जापानको अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा उमेद्वारी घोषणा गरेका छन् । 

एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदमा ८ जनाको दाबी छ । गलकोट नगरपालिका वडा नम्वर ३ निवासी नबिन निउरेले बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिएका छन् भने गलकोट नगरपालिका ६ निवासी राम थापा अनिल र गलकोट नगरपालिका–५ हरिचौर निवासी बालकृष्ण कडेँल हिमालले उपाध्यक्ष पदमा उमेद्वारी दिएका छन् । 

गलकोट नगरपालिका वडा नम्वर ७ मल्म निवासी कालिका थापाले महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दा गलकोट नगरपालिका वडा नम्वर २ निवासी कृष्ण गैरे शर्माले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

गलकोटबाट एनआरएनए जापानको दौडमा रहेका गलकोट नगरपालिका वडा नम्बर ४ चमुवा निवासी थम बहादुर क्षेत्री, गलकोट नगरपालिका वडा नम्वर २ का दिलिप कडेँल र गलकोट नगरपालिका वडा नम्बर ७ निवासी चन्द्र कुमारी केसीले सदस्य पदमा उमेदवारी दिएका छन् । 

एनआरएनए जापानको दशाैँ अधिवेशन ओसाकामा जुलाई २५ तारिक र निर्वाचन २७ तारिकमा हुने कार्यतालिका छ । 

उम्मेदवारका आ–आफ्ना प्रतिबद्दता रहेका छन् । एनआरएनएमा आफ्नो उम्मेदवारी घोषणा गर्दा गलकोटबासी नागरिकहरुको साझा सहकार्य भने देखिएको छैन । साझा घोषणा पत्र नबनाएपनि आपसमा एकता रहेको उमद्वारको दाबी छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend