काठमाडौं । लकडाउनअघि व्यापार व्यबसाय लगभग धरासायी भएको अवस्थामा रहेका उद्यमी पेशल आज नेपाली व्यवसायिक दुनियाँमा तीव्र उडान भर्ने सफल पात्रका रूपमा स्थापित भएका छन् । पेशलले स्थापना गरेको कोइला मल्टि कुसियन रेस्टुरेन्ट अहिले विस्तार र मूल्यांकन दुवै हिसाबले ‘हाइ–स्पीड ग्रोथ’मा अघि बढिरहेको छ ।

पेशल कुमार कार्कीको नेतृत्वमा सुरु भएको यो ब्रान्डको पहिलो शाखा सोह्रखुट्टेमा स्थापना गरिएको थियो। त्यसपछि विस्तारलाई अझ तीव्र बनाउँदै पेशल कुमार कार्कीले दोस्रो शाखा शंखमुलको दोभानमा सञ्चालनमा ल्याए भने तेस्रो शाखा भक्तपुरको गोठाटार क्षेत्रमा स्थापना गरियो। छोटो समयमै तीन शाखासम्मको यो विस्तारलाई धेरैले ‘एयरलाइनको जस्तै फास्ट स्पृड’को उदाहरणका रूपमा समेत लिन थालेका छन् ।

यस रेस्टुरेन्टप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढ्दो देखिन्छ। यहाँको स्वाद, सेवा र शान्त वातावरणप्रति सन्तुष्ट ग्राहकहरू एकपटक आएपछि पुनः आउने गरेका छन् । एकपटक आएका ग्राहक दोस्रो पटक मात्र होइन अरूलाई पनि सिफारिस गर्ने गर्दछन —जसले ब्रान्डलाई अझ माथि उठाउन थप सहयोग गरिरहेको छ ।
लकडाउनको त्यो कठिन परिस्थिती धेरैका लागि चुनौती थियो, तर पेशलका लागि भने त्यो एउटा नयाँ अवसर बन्यो । व्यवसाय धरासायी हुने डरका बीच उनले हिम्मत हारेनन्, बरु आफ्नो व्यवसायलाई नयाँ ढंगले पुनर्संरचना गरे । आज त्यही मेहेनतको फल हो–कोइला मल्टि कुसियन रेस्टुरेन्ट । केवल स्वाद मात्र होइन, ग्राहकको मन र मस्तिष्क जित्न सफल यो रेस्टुरेन्ट आज धेरैको रोजाइमा पर्न सफल भएको छ।

ग्राहक सन्तुष्टिलाई ‘फ्युल’ बनाएर अघि बढिरहेको यो ब्रान्डले स्वाद र विश्वास दुवै जित्दै गएको छ। यही कारण, कोयला मल्टि कुसियन रेस्टुरेन्ट आज केवल खाने ठाउँ नभई अनुभवको ब्रान्ड बन्दै गएको छ—जहाँ एकपटक पुगेका ग्राहक फेरि–फेरि फर्किन चाहन्छन्। बजार स्रोतका अनुसार, पेशल कुमार कार्कीको कम्पनीको अनुमानित मूल्य हाल करिब ७ देखि ८ करोड रुपैयाँको हाराहारीमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस