२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्वास्थ्यमन्त्री मेहतासँग नेपालका लागि जापानका राजदूतको शिष्टाचार भेट

सोमवार , चैत्र ३०, २०८२

काठमाडौँ । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच आज दुई देशबीचको स्वास्थ्य क्षेत्रको साझेदारीलाई थप दिगो र प्रभावकारी बनाउने विषयमा भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार भेटमा स्वास्थ्य सेवाको आधुनिकीकरणका विषयमा पनि गहन छलफल भएको जनाइएको छ ।

भेटमा मन्त्री मेहताले नेपालको सामाजिक, आर्थिक विकासमा जापानले पुर्याउँदै आएको निरन्तर सहयोगको सराहना गर्दै आगामी दिनमा द्विपक्षीय हितका क्षेत्रमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयमा सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट