काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाकाको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच सार्थक सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
नयाँ वर्ष २०८३ को अवसरमा मङ्गलबार बिहान शुभकामना सन्देश जारी गर्दै उनले अघिल्लो वर्षका सफलता र विफलतालाई इतिहासको जिम्मा छाड्दै भविष्यको आकलन गरेर अघि बढ्न सबैमा आह्वान गरेका हुन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि– २०८२ अब इतिहास भयो । इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् ।”
पछिल्लो समय पुराना नेतृत्वप्रति युवा पुस्ताको असन्तुष्टि र नयाँ राजनीतिक शक्तिको उदय भइरहेको परिवेशमा ओलीले ुअनुभव र ऊर्जाको फ्युजनलाई जोड दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले नयाँ वर्षले सबै नेपालीमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्दै मङ्गलमय शुभकामना समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस