काठमाडौं । आज २०८३ साल वैशाख २ गते बुधबार । तदनुसार सन् २०२६ अप्रिल १५ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं ।
मेष : समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
वृष : व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारहरू बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
मिथुन : चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ ।
कर्कट : धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।
सिंह : अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार, शेयर बजार तथा उत्पादनमुखी क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरू सम्पादन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका मानिसबाट सहयोग प्राप्त हुनेछ ।
कन्या : व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् ।
तुला : पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ ।
वृश्चिक : राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । आफन्त तथा मामा पक्षबाट भनेजस्तो सहयोग पाइनाले मन प्रसन्न रहनेछ ।
धनु : समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारोबारमा सुधार भई आम्दानीमा वृद्धि हुनेछ । आमा तथा अग्रजहरूको साथ सहयोगले राम्रा तथा उत्पादनमूलक कामहरू गर्न सकिनेछ ।
मकर : सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ ।
कुम्भ : माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ । निर्माण सामाग्री तथा खानेकुराको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
मीन : रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।
प्रतिक्रिया दिनुहोस