२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भक्तपुरको लोकन्थलीमा ‘रोजा मेकअप एण्ड हेयर ब्युटी ट्रेनिङ सेन्टर’ को शुभारम्भ

बुधवार , बैशाख २, २०८३

भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित अत्याधुनिक ब्युटी सेवा प्रदान गर्ने उद्देश्यसहित “रोजा मेकअप एण्ड हेयर ब्युटी ट्रेनिङ सेन्टर” भव्य रूपमा शुभारम्भ गरिएको छ ।

लामो समय दुबईमा सौन्दर्य क्षेत्रमा ज्ञान र अनुभव हासिल गरेर नेपाल फर्किएकी बिना फुयाल बोहोराले नेपालमा आधुनिक सौन्दर्य तथा वेलनेस क्षेत्रमा सीपमूलक शिक्षाको प्रवर्द्धन गर्दै सुविधासम्पन्न ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरका रूपमा विकास गर्ने बताइन् ।

“रोजा मेकअप एण्ड हेयर ब्युटी ट्रेनिङ सेन्टर”ले ब्युटीसम्बन्धी विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्ने तथा यस क्षेत्रमा करियर बनाउन चाहने युवाहरूलाई सीपमूलक अवसर प्रदान गर्ने अध्यक्ष एम.डी. बोहोराले जानकारी दिए ।

लोकन्थलीमा दोस्रो शाखाका रूपमा सञ्चालनमा आएको रोजाले एक वर्षभित्र थप शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । अभिनेत्री उषा खड्गीले सफलताको शुभकामना व्यक्त गर्दै प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रमका प्रमुख अतिथि गायक आनन्द कार्कीले स्किन केयर, हेयर स्टाइलिङ, मेकअप तथा ब्राइडल सेवाजस्ता सौन्दर्य सेवाहरूको महत्व बढ्दै गएको बताए ।

“रोजा मेकअप एण्ड हेयर ब्युटी ट्रेनिङ सेन्टर”ले अनुभवी र दक्ष जनशक्तिबाट तालिम सञ्चालन गर्दै मेकअप आर्टिस्ट र हेयर स्टाइलिस्ट जस्ता व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै आधुनिक ब्युटी सेवा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट