२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कांग्रेसले महाधिवेशनको वातावरण बनाउन असन्तुष्ट पक्षसँग संवाद गर्ने

बुधवार , बैशाख २, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमाथि अध्ययन गर्न पार्टीले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित आन्तरिक अध्ययन समितिले प्रतिवेदन बुझाएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आन्तरिक प्रतिवेदनमाथि बैठकमा छलफल सुरु भएको र जाँचबुझ आयोगको प्रतिवेदनमाथि पार्टीको धारणा बिहीबार सार्वजनिक हुने उनले बताए । साथै उनले पार्टीको सदस्यता व्यवस्थापनलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले पनि महत्वपूर्ण काम भइरहेको समेत बताए ।

उनले महाधिवेशनको वातावरण बनाउनको लागि असन्तुष्ट पक्षसँग संवाद गर्ने निर्णय भएको समेत जानकारी दिए । त्यस्तै बैठकले राजनीतिक दलहरुसंग सहकार्य गर्दै एउटै मत बनाउनका लागि सम्वाद गर्न पार्टीका नेता अर्जुन नरसिंह केसीको संयोजकत्वमा वार्ता समिति समेत बनाएको प्रवक्ता चालिसेले बताए । बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरेको छ भने आगामी निर्वाचनलाई व्यवस्थित र दीर्घकालीन रूपमा व्यवस्थापन गर्न उपसभापति पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन ब्युरो गठन गरिएको प्रवक्ता चालिसले बताए ।

त्यस्तै बैठकले महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा संगठन परिचालन समिति गठन गरिएको छ । त्यसैगरि १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापनका लागि बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजकमा समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट