२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संसदीय अभ्यासअनुसार संसदलाई अघि बढाउनुपर्नेमा विपक्षी दलहरुको जोड

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले संसदीय अभ्यासअनुसार संसदलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठकपछि सभामुख डोलप्रसाद अर्यालसंग छलफल गर्दै बिपक्षी दलका सांसदहरुले संसदीय अभ्यासअनुसार संसद चल्नुपर्ने र सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दलले पाउनु पर्ने परम्परालाई स्थापित गर्न आग्रह गरेका हुन् ।

छलफलपछि नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले बिगतको परम्परा अनुसार नै संसदीय अभ्यासअनुसार संसदलाई अघि बढाउन आग्रह गरिएको बताए । उनले परामर्श समितिमा बिगतमा सवै दलहरुसँग परामर्श गरेर कार्यप्रक्रिया बढाउने अभ्यासलाई पनि निरन्तरता दिन आग्रह गरिएको उल्लेख गरे । छलफलका क्रममा सभामुख अर्यालले आगामी बैठकहरुमा दलहरुसंग प्रयाप्त छलफल गरेर समन्यात्मक ढंगले अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको दुलालले बताए ।

उनले सार्वजनिक लेखा समितिको सभापतिमा नेकपाले कांग्रेसलाई सघाउने जानकारी दिए । छलफलमा कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसी, भरत खड्का, भीष्मराज आङ्दाम्बे र योगेश गौचन एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेकपाबाट वर्षमान पुन र युवराज दुलाल सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट