२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संविधानप्रति वर्तमान सरकारको पूर्ण वफादारी छ : अर्थमन्त्री वाग्ले

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानप्रति वर्तमान सरकारको पूर्ण वफादारी रहेको बताएका छन् ।

बिहीबार अर्थमन्त्रालयमा बसेको अन्तर–सरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री वाग्लेले संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र अधुरा बिषयहरुलाई सहमतिमार्फत नै संशोधन गरिने समेत बताए ।

करिव दुई तिहाई नजिकको सरकारले संविधानमाथि छेडखानी गर्ने हो की भन्ने आशंका नगर्न उनले आग्रह गरे । मन्त्री वाग्लेले संविधानले नै संशोधनको विधि तय गरिदिएको अवस्थामा त्यसैलाई टेकेर सरकारले अघि बढ्ने स्पष्ट पारे ।

उनले नेपालको संघीय व्यवस्था अनुसार वित्त बाँडफाँटको बिषयलाई अधिकार मात्रै नभइ क्षमतालाई पनि संगै जोड्न आवश्यक रहेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा आन्तरिक र बाह्य प्रतिकूलताहरूले लक्ष्य हासिल गर्न निकै चूनौति देखिएको बताए ।

त्यस्तै उनले प्रदेश र स्थानीय तहमा रास्वपाको उपस्थीति नरहेपनि सवैसँग मिलेर नै अघि बढ्ने प्रतिवद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट