२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

श्रम मन्त्रालयद्वारा औद्योगिक व्यावसायिक प्रतिष्ठान अनुगमन

बिहिवार , बैशाख ३, २०८३

काठमाडौँ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज २९ औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेको छ ।

मन्त्रालयअन्तर्गतका श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले आज अनुगमन गरेको हो । मन्त्रालयले विज्ञप्ती प्रकाशन गरि २९ औद्योगिक एवम् व्यवसायिक प्रतिष्ठानको अनुगमन सम्पन्न गरिएको जानकारी दिएको छ ।

मातहत कार्यालयबाट २२ वटा तथा विभागबाट गठन भएका ३ टोलीबाट ७ वटा (विभागबाट सरकारी तथा निजी अस्पतालहरुलाई प्राथमिकतामा राखी अनुगमन गरिएको विज्ञप्तीमा उल्लेख छ । प्रतिष्ठानहरुमा श्रम ऐन तथा नियमावली र प्रचलित कानूनको पालना भए नभएको सम्बन्धमा अनुगमन गरिएको थियो ।

यसै क्रममा विशेषगरी नेपाल सरकारबाट तोकिएको न्यूनतम पारिश्रमिकको कार्यान्वयनको अवस्था, व्यवसायिक सुरक्षा तथा स्वास्थ्यको अवस्था, बाल श्रमको अवस्था, सामाजिक सुरक्षा कोषमा आवद्धताको अवस्था, नियमित श्रम अडिट भए, नभएको अवस्था लगायत निरीक्षण सम्पन्न गरिएको हो ।

आज गरिएको अनुगमनका क्रममा केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकको कार्यान्वयन नभएको, नियमित श्रम अडिट नभएको, सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको लगायत समस्या पहिचान भएको हुँदा त्यस्ता प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ र प्रचलित कानूनको परिपालना गरी तत्काल सुधार गर्न निर्देशन समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट