शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

२४ घण्टामा थपिए ३११४ कोरोना संक्रमित, १६ को मृत्यु

२४ घण्टामा थपिए ३११४ कोरोना संक्रमित, १६ को मृत्यु

काठमाडौं । त २४ घण्टामा १४ हजार ९१० नमुना परीक्षण गर्दा ३ हजार ११४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०९ पीसीआर र ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ । 

यसैगरी शनिबार १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १९७ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ ।

हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित रहेका छन् भने ३४४ जना क्वारेन्टिनमा रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend