२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्नेछ : सभामुख अर्याल

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको अन्तक्र्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको बिकाससंगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन् ।

उनले देश र समाजको अपेक्षा र आवश्यकता अनुसार संसदलाई अघि बढाइने उल्लेख गरे । सभामुख अर्यालले विधेयक ड्राफ्ट गर्नुभन्दा अगाडी सरोकारवालासँगको छलफललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले यसैपटकदेखि संसदको बजेट अधिवेशनलाई फरक ढंगले अघि बढाउन आफुले काम गरिरहेको जानकारी दिए । सभामुख अर्यालले संसदले विधि, प्रक्रिया, कानुन, संविधानलाई पालना गर्दै कमिकमजोरी नहुने गरि छिटोछरितो ढंगबाट काम गर्ने प्रक्रियालाई अवलम्वन गरिने धारणा राखे ।

उनले देशका हेरक नागरिकले आफ्नो सरकार भएको अपनत्व गर्ने गरि काम गर्नुपर्नेमा समेत जोड दिए । सभामुख अर्यालले नयाँ संसद भवनको निर्माण कार्य छिटै सम्पन्न हुने विश्वास व्यक्त गर्दै हाल समाचार संकलनका क्रममा देखिएका समस्याहरु हल गर्दै जाने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट