२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

दमौलीमा नमूना पशु अस्पताल निर्माणमा चरम ढिलासुस्तीः ३ पटक म्याद थपिए पनि ७० प्रतिशत मात्र काम

शनिवार , बैशाख ५, २०८३

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नमूना पशु अस्पताल भवनतीन पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन ।

गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहुँमा नमूना पशु अस्पताल भवन निर्माण एकसाथ सुरु गरिएको र कास्कीमा भवन निर्माण सम्पन्न भइसकेपनि तनहुँमा भने निर्माण सकिएको छैन ।

२०७८ साल कात्तिक २० गते निर्माण सुरु गरी १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने म्याद रहेपनि हालसम्म तीन पटक म्याद थप भइसकेको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । हालसम्म भवनको काम ७० प्रतिशत सकिएको छ । पछिल्लो पटक थप भएको म्यादअनुसार आगामी पुससम्म काम सम्पन्न गर्ने अवधि छ ।

उनले भने, ‘कास्की र तनहुँमा एकैसाथ भवन निर्माण सुरु भएको थियो, कास्कीमा सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । तर तनहुँमा निर्माण व्यवसायीको ढिलासुस्तीले समयमै काम हुन सकेन ।’

गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यसहित नमूना अस्पताल निर्माण सुरु गरिएको थियो । समयमै भवन नबन्दा एक्सरे सेवा सञ्चालन गर्न नसकिएको अधिकारीको भनाइ छ ।

भवन निर्माणका लागि चार करोड लागतमा चितवनस्थित इकोविल्डर्स प्रालिसँग सम्झौता गरिएको थियो । ६०५ वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् ।

अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशा

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट