२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सरकारले जनताको म्याण्डेडबिपरितको काम गरे प्रतिवाद गर्छौँ : कुलमान घिसिङ

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्याण्डेडबिपरितको काम गरे प्रतिवाद गर्ने बताएका छन् । 

उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा अयाोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले परिवर्तनको लागि जनताबाट दुई तिहाई मत पाएर बनेको सरकार सफल हुनुपर्ने भन्दै सरकारले जनता निराश हुने काम गरे प्रतिवाद गर्ने बताएका हुन् । उनले करसम्बन्धी सरकारको नयाँ व्यवस्था अव्यहारिक भएको धारणा राखे । 

सरकारले जनतालाई राहत दिनुपर्नेमा विद्युतमा कर लगाउने निर्णयले उपभोग्य बस्तुको समेत मूल्यबृद्धि हुन सक्ने उनले बताए । 

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताको समस्याहरू बोकेर नेपालको सशक्त पार्टीको रूपमा स्थापित हुने दावी गरे । अब नयाँको विकल्प फेरि पनि पुरानो हुन नसक्ने भन्दै उहाले नयाँको विकल्प नयाँ उज्यालो नेपाल पार्टी मात्रै भएको जिकिर गरे । 

आगामी प्रदेश र स्थानीय निकायको चुनावमा उज्यालो पार्टीले देशभर जरा गाड्ने उनको भनाइ छ । अध्यक्ष घिसिङले रास्वपाको निलो क्रान्ति धेरै नटिक्ने समेत बताए । 

दिगो रूपमा नेपाललाई संस्थागत गर्न अन्तिम बिकल्प हरित क्रान्ति भएकाले हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट