२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

बीपी स्मृति दिवसबाटै संस्थापनलाई चुनौती : कांग्रेस इतर समूह ‘वारपार’को तयारीमा

मंगलवार , श्रावण ५, २०८३

 नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् चर्किरहेका बेला संस्थापन इतर समूहले पार्टीका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४४औँ स्मृति दिवसलाई शक्ति प्रदर्शनको अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ ।

औपचारिक रूपमा बिपी स्मृति दिवस मनाउने कार्यक्रम भनिए पनि इतर पक्षका नेताहरूले यसलाई पार्टी नेतृत्वमाथि राजनीतिक दबाब सिर्जना गर्ने अभियानको सुरुआतका रूपमा लिएका छन् । बुधबार हुने कार्यक्रमलाई आगामी राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वतयारी र शक्ति प्रदर्शनको रूपमा समेत हेरिएको छ ।

मंगलबार बालुवाटारको चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा भएको तयारी भेलामा नेता प्रकाशमान सिंह, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका नेताहरूको बाक्लो उपस्थिति थियो ।  कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताको उपस्थितिले सम्पर्क कार्यालय दिनभरि राजनीतिक गतिविधिको केन्द्र बनेको थियो ।

भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता मोहनबहादुर बस्नेतले अब पार्टीभित्रको अवस्थालाई टुलुटुलु हेरेर बस्न नसकिने बताए।
 सम्र्पक कार्यालयमा आयोजीत कार्यक्रममा नेता बस्नेतले भने–‘भोलिको दिनलाई शुभ साइत मानेर अब मैदानमा निस्किनुपर्छ,यो कार्यक्रमले आगामी राष्ट्रिय कार्यकर्ता भेलालाई समेत स्पष्ट सन्देश दिनुपर्छ ।’ 

उनले अहिलेको नेतृत्वकै शैलीमा कांग्रेस अघि बढे आगामी निर्वाचनमा अझ लज्जास्पद अवस्था आउने दाबी गरे र

उनले भने–‘यही नेतृत्वमा चुनावमा जाने हो भने अहिलेभन्दा पनि लज्जास्पद हार बेहोर्नुपर्ने अवस्था आउँछ, अब न्यायका लागि लड्ने समय आएको छ ।’

01a62875-8483-401c-b73c-4361ce7e6b21.jpg

बस्नेतले कांग्रेस अहिले ‘निरीह र लाचार’ अवस्थामा पुगेको टिप्पणी गर्दै नेतृत्व परिवर्तनबिना पार्टी पुनर्जीवित हुन नसक्ने दाबी गरे ।

इतर समूहले केही महिनाअघि बालुवाटारको चुनदेवीमा स्थापना गरेको सम्पर्क कार्यालय अहिले समानान्तर गतिविधिको केन्द्र बन्दै गएको छ। कार्यालयमा नेताहरूका लागि छुट्टाछुट्टै कार्यकक्ष, बैठक हल तथा नियमित छलफलको व्यवस्था गरिएको छ। मंगलबार दिनभर नेताहरूले कार्यकर्तासँग सामूहिक तथा व्यक्तिगत भेटघाट गर्दै बुधबारको कार्यक्रमको तयारी गरेका थिए ।

तयारी बैठकमा नेता प्रकाशमान सिंह र प्रकाशशरण महतले बिपी स्मृति दिवसको कार्यक्रममा देशभरका नेता तथा कार्यकर्तालाई सहभागी हुन आह्वान गरेका थिए ।

बिपी स्मृति दिवस मनाउन कांग्रेस नेता प्रकाशमान सिंहको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो । समितिले विभिन्न उपसमिति बनाएर कार्यक्रमको तयारीलाई अन्तिम रूप दिएको छ । मंगलबार ती उपसमितिका संयोजकहरूसँग सिंहले तयारीबारे छलफल गरेका थिए ।

7dbfb199-2dc6-49ba-8fa7-2d5949050ea2.jpg

सम्पर्क कार्यालयमा भेटिएका धेरै नेता–कार्यकर्ताले अहिलेको नेतृत्वप्रति असन्तुष्टि खुला रूपमा व्यक्त गरिरहेका थिए । केही कार्यकर्ताले नेतृत्वले उचित निर्णय नगरे नयाँ राजनीतिक विकल्पबारे समेत सोच्नुपर्ने धारणा राखेका थिए । यद्यपि, शीर्ष नेताहरूले भने औपचारिक रूपमा नयाँ पार्टी गठनबारे कुनै निर्णय वा घोषणा गरेका छैनन् ।

कांग्रेस नेता रामकुमार थापाले पनि नेतृत्वले अब गम्भीर निर्णय लिनुपर्ने अवस्था आएको बताए ।
इतर समूहका नेताहरूका अनुसार बुधबारको कार्यक्रम बिपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम मात्र नभई पार्टीभित्रको असन्तुष्टि देशभरका कार्यकर्तासम्म पुर्‍याउने राजनीतिक सन्देश दिने मञ्च को रुपमा तयारी गरेका छन् ।

केही समय पछि नै आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलामार्फत संस्थापन पक्षमाथि थप दबाब बढाउने रणनीतिमा इतर समूह रहेको उनीहरूको भनाइ छ  ।

कांग्रेसभित्र लामो समयदेखि जारी रहेको संस्थापन र इतर पक्षबीचको शक्ति संघर्ष पछिल्ला महिनाहरूमा झन् तीव्र बनेको छ । यही पृष्ठभूमिमा बिपी स्मृति दिवसको कार्यक्रमलाई इतर पक्षले आफ्नो संगठनात्मक शक्ति प्रदर्शन र आगामी राजनीतिक रणनीतिको औपचारिक सुरुआतका रूपमा लिएको देखिन्छ ।

 कार्यालय आसपासका तस्विरहरु

272b8f23-cd8f-46dd-b776-2add95194ce2.jpg
ce6957cf-9b1a-4cb3-867b-2972c1e796b5.jpg
fed10f7d-b223-4096-9a33-277278825fcb.jpg


तस्विरःनिशान मगर

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट