२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुधन गुरुङमाथिको छानबिन सकियो : ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाइ बुझायो

शुक्रवार , जेठ २२, २०८३

काठमाडौ । सम्पती शुद्धीकरण कसुरमा पक्राउ गरेका व्यावसायी दिपक भट्टसँग नाम जोडिएपछि विवादमा परेर राजीनाम दिएका पुर्व गृहमन्त्री सुधन गुरुङ माथी छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिले शुक्रबार प्रधानमन्त्रीलाई ४५ पृष्ठको प्रतिवेदन बुझाएको हो । पुर्व गृहमन्त्री गुरुङ विवादमा तानिएपछि राजीनाम दिएका थिए । सरकारले  पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

थपिएको समय भित्र प्रतिवेदन दिन नसकेपछि केही दिन अघि मात्रै पाँच दिनको समय थपिएको थियो । थपिएको सयम आइतबार सकिने भएपनि शुक्रबार नै आफुहरुले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छानबिन समितिका संयोजक भण्डारीले जानकारी दिए । समितिले प्रमाणबाहेक ४५ पृष्ठको प्रतिवेदन र प्राप्त प्रमाणहरु समेत प्रधानमन्त्रीलाई बुझाएको छ ।

बाहिर सार्वजनिक भएका सबै विषयमा हामीले अध्ययन गरेर छानबिन गरेका छौ संयोजक भण्डारीले भने–‘ अब अन्य निर्णय प्रधानमन्त्री ज्यु ले गर्नुहुन्छ ।’

सरकारका मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेपछि तत्कालीन गृहमन्त्री गुरुङ विभिन्न विषयमा विवादमा तानिएका थिए । हदबन्दीभन्दा बढी जग्गा, पोखराको फेवातालमा मिचिएको सरकारी जग्गा भाडामा लिएको र भाडा विवाद, सुन, व्यवसायी दीपक भट्टसँग कम्पनीमा रहेको सेयरलगायत विषयमा  विवादमा तानिएका थिए ।

विवाद भएसँगै आफु निर्दाेष रहेको भन्दै गुरुङले रास्वपा सभापति रबि लामिछानेसँग समेत भेट गरेका थिए । लामिछानेबाट समेत ‘ग्रिन सिग्नल’ नपाएपछि गुरुङले बैशाख ९ गते गृहमन्त्रीबाट राजिनाम दिएका थिए र्।  वैशाख २८ गते गठन गरिएको समितिमा भण्डारी सहित महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए ।

समितिले गुरुङको जग्गा, स्टक एक्सचेन्जका प्रमाणहरू, रेमिट्यान्स, कतिपय मुद्दामा मिलापत्र भएको पाइएपछि त्यसको प्रमाण पनि समितिले प्रतिवेदनसँगै बुझाएको छ ।  रेमिट्यान्स र सापट लिएको भनिएको विषयमा पनि समितिले छानबिन गरेको छ। आयव्ययको रिपोर्ट, सुनको विषय, सुधनको कुन–कुन कम्पनीमा लगानी छ, कसरी लगानी गरे, रकम कहाँबाट ल्याए भन्ने विषयमा पनि समितिले विस्तृतमा छानबिन गरेको प्रतिवेदनमा उल्लेख छ ।

गृहमन्त्री भए लगतै पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर चर्चामा आएको पुर्व मन्त्री गुरुङलाई पुनःगृहमन्त्री बनाउने चर्चा रहेको छ । रास्वपा सभापति रबि लामिछाने नेपाल आएपछि प्रतिवेदनको विषयमा अध्ययन गरेर थप निर्णय हुने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट