२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सर्वोच्चको फैसलालाई स्वीकार गर्दै पार्टी एकतामा जोड दिने पूर्णबहादुर खड्का पक्षको निष्कर्ष

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । नेपाली कांग्रेसको पूर्णबहादुर खड्का पक्ष नेताहरुले पार्टी विवादका बिषयमा सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका छन् ।

शनिबार काठमाडौंको गोल्फुटारस्थीत खड्काको निवासमा बसेको कांग्रेस नेताहरुको बैठकले अदालतको आदेशसँगै पार्टीको आधिकारिताको विवाद टुङ्गिएको भन्दै अब पार्टी एकतामा जोड दिने निष्कर्ष निकालिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

एकताका लागि सबै पक्षसँग परामर्श गर्ने निष्कर्ष समेत बैठकको रहेको उनको भनाइ छ । नेता विश्वकर्माले अदालतको फैसलाले आधार मानेका विभिन्न विषयहरू विरोधाभासपूर्ण र विवादस्पद भएपनि त्यसलाई मानेर अघि बढ्ने निर्णय भएको उल्लेख गरे ।

यसअघि शेरबहादुर देउवाको खुट्टामा बल रहेपनि अहिले गगन थापाको खुट्टामा अदालतले बल फाल्दिएको अवस्थामा पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले नै मुख्य भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

खड्का पक्ष नेताहरुले अदालतको आदेश र पार्टीभित्रको विवादका बिषयमा आइतबार नै आफु निकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट