२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: एकै वडाका ४ जनाको मृत्यु, ७ जनाको अवस्था चिन्ताजनक

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ स्थित पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका–८ कै रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार उपचारका क्रममा ३० वर्षीय मनबहादुर थापाको मेहेलकुना अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । यसअघि ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो ।

शनिबार साँझ कालीमाटीतर्फको लक्ष्मीपुरमा जन्ती लिएर जाँदै गरेको लु.प्र. ०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको थियो । वडा नम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए। तीमध्ये १४ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ८ जनाको नर्सिङ होममा, २ जनाको न्युरो अस्पतालमा तथा अन्य घाइतेलाई थप उपचारका लागि बाँके पठाइएको छ ।

घाइतेहरूमा ६४ वर्षीय अम्मरसिंह कँवर, २७ वर्षीय डम्मर घर्ती, ३० वर्षीय जनक थापा, ४९ वर्षीय भूपेन्द्र कँवर, ३० वर्षीय भुलबहादुर थापा, ५६ वर्षीय जुगसिंह पुन र चालक ३८ वर्षीय कुलबहादुर राना गम्भीर रहेका छन् ।

यस्तै ३८ वर्षीय अम्मर पुन, २८ वर्षीय नरसिंह थापा, २५ वर्षीय प्रेमबहादुर घर्ती, २५ वर्षीय नरबहादुर थापा, ३८ वर्षीय कर्णबहादुर थापा, ४५ वर्षीय लालबहादुर घर्ती र १५ वर्षीय तिलक थापाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट