२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

लायन्स ३२५ ई को निर्वाचन: नेतृत्वका लागि राजन श्रेष्ठको 'भोट अपील', सेवा र सुदृढीकरण मुख्य एजेन्डा

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ई, नेपालको लायन वर्ष २०२६–२०२७ का लागि द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर पदका उम्मेदवार लायन राजन श्रेष्ठले मतदानका लागि अपील गरेका छन् ।

“सेवाका लागि एकता” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै उनले डिस्ट्रिक्टलाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाउन आफ्नो सम्पूर्ण अनुभव, प्रतिबद्धता र ऊर्जा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आगामी नेतृत्वसँग सहकार्य गर्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरेका छन् । यस क्रममा उनले डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन श्यामकुमार यादव (एम.जे.एफ) र प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन बिमलकुमार श्रेष्ठ (एम.जे.एफ) सँग मिलेर काम गर्ने बताएका छन् ।

श्रेष्ठले सम्पूर्ण लायन सदस्यहरूलाई आफ्नो पक्षमा ‘एस भोट’ दिई शतप्रतिशत मतदान गर्न आग्रह गरेका छन् । उनले प्रत्येक मतले सेवाको यात्रालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले “एकताबद्ध भएर सेवा गरौँ, सेवामार्फत नेतृत्व सुदृढ बनाऔँ” भन्ने सन्देशसहित सबै सदस्यहरूलाई सहयोग र समर्थनको अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट