२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पार्टीको १५औँ महाधिवेशनमा सबैको सहभागिता हुने अवस्था बनाउँछौँ : महामन्त्री पौडेल

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा सबैको सहभागिता हुने अवस्था बनाइने बताएका छन् ।

आइतबार काठमाडौंमा कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको बैठककाबीच सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले पार्टीभित्रको समस्या महाधिवेशनबाटै हल हुने भन्दै महाधिवेशनमा सबैको सहभागिता हुने अवस्था बनाइने बताएका हुन् ।

पार्टीका अग्रज नेताहरुलाई आफुहले अभिभावक मान्ने उल्लेख गर्दै पौडेलले पार्टीका निम्ति समर्पित भएर काम गरेका नेताहरुलाई पार्टीको हरेक प्रक्रियामा सहभागी गराइने धारणा राखे ।

उनले अहिलेको अवस्थामा आफ्नो व्यक्तिगत हितका लागि भन्दा पनि पार्टीको बृहत्तर हितका लागि सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

पौडेलले असन्तुष्ट पक्षहरुलाई केन्द्रीय समिति र अरु समितिहरुमा पक्षधरताको आधारमा सहभागी बनाइने बताए । विशेष महाधिवेशनको म्यान्डेट र कांग्रेसको विधानभित्र बसेर नै पार्टीलाई एकताबद्ध बनाइने समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट