२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

गगनको कार्यसमितिले पार्टीभित्र एकता कायम गर्न पहल नगरे विभाजन हुनसक्ने देउवा पक्षको चेतावनी

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र एकता कायम गर्न पहल नगरे विभाजन हुनसक्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको बैठकले पार्टी विवादबारे सर्वोच्चको आदेशपछि एकताका लागि पहल गर्ने जिम्मेवारी सभापति गगन थापाको रहेको निस्कर्ष निकाल्दै एकताको पहल नभए पार्टी विभाजन हुनसक्ने चेतावनी दिएको हो ।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले गगन थापाको कार्यसमितिले एकताका लागि पहल गर्न ढिलाई गरे गम्भीर क्षति पुग्न सक्ने निष्कर्ष निकालिएको बताए । अदालतको आदेश आफैमा विरोधाभासपूर्ण र बिगतका नजीरको विरुद्धमा रहेपनि आफुहरुले त्यसलाई मान्ने उनको भनाइ छ । उनले इतिहासदेखि अहिलेसम्मको बलियो लोकतान्त्रिक पार्टी कमजोर बन्न पुगेकाले पार्टीमा बृहत् एकताको खाँचो रहेको उल्लेख गरे ।

विश्वकर्माले आगामी दिनमा चरणबद्ध रुपमा जिल्ला प्रदेश हुँदै बृहत् राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको जानकारी दिए । तत्कालिन सभापति देउवा र वर्तमान सभापति गगन थापाको कार्यसमितिले महाधिवेशनको दुईवटा कार्यतालिका बनाएको अवस्थामा त्यसलाई समायोजन गरेर एउटै कार्यतालिका बनाउने स्थीति बने पार्टी एकता भएको मानिने उनले बताए । फरक–फरक रुपमा महाधिवेशन गर्ने अवस्था आए पार्टी बिभाजन हुने उनको भनाइ छ ।

विश्वकर्माले पार्टी एकताका लागि आफुहरु गम्भीर भएपनि त्यसको महशुस सानेपाले पनि गर्नुपर्नेमा जोड दिए । छिटै निर्वमान पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुको बृहत बैठक बसेर समिक्षामार्फत आगामी रणनीति तय गरिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट