२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पार्टी समाप्त पार्न खोज्नेहरुसँग अब कुनै सम्झौता हुँदैन : अध्यक्ष लिङ्देन

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरुसँग अब कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पार्टीभित्र रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरुसँग अब कुनै सम्झौता नहुने स्पष्ट पारेका हुन् । उनले आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चूनावमा पार्टीका उम्मेद्वारलाई नसघाउने र राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्ने पार्टीभित्रका नेताहरुको कुनै कुरा नसुनिने समेत बताए । महाधिवेशन सारेर कार्यकाल लम्बाउने पक्षमा आफु नरहेको भन्दै अध्यक्ष लिङ्देनले वैधानिक र व्यवस्थित तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको धारणा राखे । पार्टीभित्रको अबको समस्याको समाधान महाधिवेशन मात्रै भएको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष लिङ्देनले अहिले संसदमा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको गलत कार्यको सडक र सदनबाट प्रतिवाद गर्ने धारणा राखे । उनले चूनावमा भोट लिनका लागि गरेको प्रचारजस्तो नभइ व्यवहारमा नजिता आउने गरी रास्वपा नेतृत्वको सरकारले काम गर्न सक्नुपर्ने उल्लेख गरे ।

उनले गृहमन्त्रीकाबारेमा बाहिर आएका चर्चाका बिषयमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । रास्वपा सभापति र गृहमन्त्री स्वयंले पनि यस बिषयमा आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले यसअघि देखिएका बेतिथिहरुलाई सच्चाउने कामको सुरु वर्तमान सरकारले गरेको भन्दै सकारात्मक कामको स्वागत गर्ने बताए । उनले देशको अभिभावकीय संस्थाका रुपमा राजा र हिन्दुराष्ट्र लगाएत आफुहरुको एजेण्डालाई आगामी दिनमा सशक्त ढंगले अघि बढाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट