२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बालेन्द्र शाह ‘बालेन’ : र्‍यापरदेखि प्रधानमन्त्रीसम्म

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । काठमाडौंको एउटा सामान्य परिवारमा जन्मिएको एक युवक ‘जसले इन्जिनियरिङ पढ्यो, र्‍याप गाउन थाल्यो, समाजका समस्या गीतमा उठायो’ र अन्ततः नेपालकै प्रधानमन्त्री बन्यो ।

उनी हुन् बालेन्द्र शाह, जसलाई धेरैले ‘बालेन’ भनेर चिन्छन् ।

२०४७ साल वैशाख १४ गते, काठमाडौंको गौरीगाउँमा बालेन्द्र शाहको जन्म भयो । उनका बुबा डा राम नारायण शाह आयुर्वेदिक चिकित्सक थिए भने आमा ध्रुवदेवी शाह गृहिणी । राजनीतिक परिवार नभए पनि बालेनको घरमा अनुशासन, शिक्षा र समाजप्रतिको जिम्मेवारी सिकाइन्थ्यो ।

बाल्यकालदेखि नै उनी जिज्ञासु, प्रश्न गर्ने र समाजमा भइरहेका कुराप्रति संवेदनशील स्वभावका थिए । उनले आफ्नो स्कुले शिक्षा एलायन्स एकेडेमी र भी एस. निकेतन विद्यालयबाट पूरा गरे ।

पढाइमा अब्बल बालेनले पछि काठमाडौंको ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरे । त्यसपछि भारतको कर्नाटकस्थित विश्वेश्वरैया टेक्निकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरे ।

तर बालेनको कथा केवल इन्जिनियरिङको कथा थिएन । उनीसँग अर्को परिचय पनि थियो ‘र्‍यापर बालेन’ ।

कक्षा ९ मा हुँदा नै उनले पहिलो गीत लेखे । पछि सडक बालक बलिदान, नेपाल हाँसेको जस्ता गीतहरूले नेपाली युवामाझ ठूलो चर्चा पाए । ती गीतमा मनोरञ्जनभन्दा बढी समाजको पीडा, भ्रष्टाचार, बेरोजगारी र परिवर्तनको आवाज थियो ।

बालेनका गीतहरू सुन्नेहरू भन्थे— यो युवकले हामीले भन्न नसकेको कुरा गीतमा भनिरहेको छ ।

२०७२ सालको भूकम्प, त्यसपछिको नाकाबन्दी, र देशमा देखिएको राजनीतिक अस्थिरताले बालेनलाई अझ गहिरो रूपमा प्रभावित गर्‍यो । उनले राहत र उद्धार कार्यमा सक्रिय भए । यही समयबाट उनलाई राजनीति केवल नेताहरूको विषय होइन, नागरिकको जिम्मेवारी हो भन्ने महसुस भयो ।

सन् २०२१ को अन्त्यतिर बालेनले एउटा यस्तो निर्णय गरे, जसले नेपाली राजनीतिलाई नै हल्लायो । उनले घोषणा गरे म काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बन्छु ।

त्यतिबेला धेरैले यसलाई मजाक ठाने । कसैले भने— ‘एक र्‍यापरले मेयर जित्छ ?’ तर बालेनसँग ठूला पार्टी थिएनन्, ठूलो संगठन थिएन, पैसा थिएन उनी सँग थियो केवल जनताको विश्वास र परिवर्तनको सपना ।

उनको चुनावी अभियान फोहोर व्यवस्थापन, ट्राफिक सुधार, भ्रष्टाचार अन्त्य, र पारदर्शी शासनमा केन्द्रित थियो । युवाहरू सडकमा निस्किए, सामाजिक सञ्जालमा समर्थन बढ्यो, र अन्ततः २०२२ मे २६ मा इतिहास बन्यो ।

बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए ।

मेयर बनेपछि बालेनले कामको गति देखाए । काठमाडौंको फोहोर व्यवस्थापनमा कडाइ गरियो । अवैध संरचना हटाउने अभियान सुरु भयो । महानगरका बैठकहरू प्रत्यक्ष प्रसारण हुन थाले ।

उनले निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य गराउने पहल गरे । डिजिटल सेवा, अनलाइन भवन अनुमति, सार्वजनिक पारदर्शिता— यी सबै उनकै कार्यकालका महत्वपूर्ण पहल बने ।

तर उनको शैली सबैलाई मन परेन । अवैध संरचना हटाउँदा व्यवसायी र केही राजनीतिक दलहरूले विरोध गरे । कतिपयले उनलाई अत्यन्त कडा भने, कतिपयले प्रक्रियाभन्दा बढी हतार गरेको आरोप लगाए ।

तर बालेनले एउटै कुरा दोहोर्‍याइरहे कानून सबैका लागि बराबर हुनुपर्छ ।

चार वर्षको मेयर कार्यकालपछि, सन् २०२६ मा बालेनले राष्ट्रिय राजनीतिमा ठूलो छलाङ मार्न सफल भए । बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा चुनावमा होमिए ।

फागुन २१, २०२६ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक बहुमत प्राप्त गर्‍यो । र त्यसपछि‘ बालेन्द्र शाह नेपालका प्रधानमन्त्री बने । एक समय र्‍याप गीतमा व्यवस्था परिवर्तनको कुरा गर्ने युवक आज देशको नेतृत्व गरिरहेको थियो ।

प्रधानमन्त्री बनेपछि बालेनले सानो मन्त्रिपरिषद्, सरकारी खर्च कटौती, भ्रष्टाचारविरुद्ध कडा कारबाही, र नयाँ पुस्तालाई अवसर दिने प्रतिवद्धता व्यक्त गरे ।

उनको यो यात्रा केवल एउटा व्यक्तिको सफलता होइन यो नेपाली युवाको सपनाको यात्रा पनि थियो । बालेनलाई आज धेरैले परिवर्तनको प्रतीक मान्छन् । कसैले उनलाई साहसी नेता भन्छन्, कसैले विद्रोही । कसैले उनलाई आशा भन्छन्, कसैले चुनौती ।

तर एउटा कुरा भने स्पष्ट छ— बालेनले नेपाली राजनीतिमा पुरानो सोचलाई तोडेर नयाँ पुस्ताको आवाजलाई केन्द्रमा ल्याएका छन् ।

सन् २०२६ मा उनी विश्वप्रसिद्ध टाइम पत्रिकाको ‘विश्वका १०० प्रभावशाली व्यक्ति सूचीमा समेत परे । र आज पनि, काठमाडौंको त्यो सामान्य परिवारबाट सुरु भएको यात्रा लाखौं नेपाली युवाका लागि प्रेरणा बनेर उभिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट