२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपाले तोक्यो प्रत्यक्ष नजितेका ठाउँमा समानुपातिक सांसदलाई जिम्मेवारी

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका ठाउँमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रत्यक्ष नजितेका ४० स्थानमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको हो ।

रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ स्थानमा जितेको थियो । रास्वपाले त्यसका लागि कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लम्बिनी प्रदेशमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा छ जना सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

ती जिम्मेवारी तोकिएका सांसदहरुले ती क्षेत्रका समसामयिक समस्याका विषयमा समन्वय गर्ने छन् ।

यी हुन् प्रत्यक्ष नजितेका ठाउँमा जिम्मेवारी तोकिएका समानुपातिक सांसद :

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट