काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र रास्वपाका सभापति रवि लामिछानेबीच भेट भएको छ ।
गृहमन्त्री गुरुङ लामिछानेलाई भेट्न मंगलबार उनकै निवास बूढानीलकण्ठ पुगेका हुन् ।
गृहमन्त्रीको विवादबीच उनीहरुको भेट भएको हो । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा छन् । भेटघाटको विषयमा विस्तृत विवरण भने आउन बाँकी छ ।
गुरुङ चैत १३ गते रास्वपाको सरकारमा गृहमन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस