२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । नेपाल सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

आजको बैठकले मूख्य ५ वटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेको हो ।

यस्ता छन् मुख्य निर्णयहरू :

– धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन

– नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

– प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

– मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) साथै रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति र मनोनयन

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट