२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मुगु कर्णालीमा पौडी खेल्ने क्रममा ५ वर्षीय बालक बेपत्ता

मंगलवार , बैशाख ८, २०८३

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१३ स्थित झुलुङ्गे पुल नजिक मुगु कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक ५ वर्षीय बालक बगेपछि बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सोमबार साँझ करिब ४:५० बजे छायाँनाथ रारा नगरपालिका–१३ बस्ने सूर्य नेपालीका ५ वर्षीय छोरा आयुसमान नेपाली नदीमा पौडी खेल्ने क्रममा बगेका हुन्।

घटनाको जानकारी स्थानीयले साँझ ५:१० बजे अस्थायी प्रहरी पोष्ट बसपार्क मुगुलाई गराएका थिए। खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा बालकले लगाएका चप्पल र कपडा स्थानीय ७ वर्षीया लक्ष्मी नेपालीले घर लगेको खुलेको छ। घटनाका बेला बालकसँग २–३ जना साथीहरू समेत रहेको प्रारम्भिक बुझाइ छ।

घटनास्थल अस्थायी प्रहरी पोष्ट बसपार्क मुगुबाट करिब ५०० मिटर दक्षिणतर्फ पर्ने प्रहरीले जनाएको छ। हाल बेपत्ता बालकको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट