२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ, हातमा सामान्य चोट

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाने क्रममा बीच बाटोमा उनको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा साम्पाङको हातमा सामान्य चोट लागेको छ । उनको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य रहेको पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता सुदन किराँतीले जानकारी दिएका छन् ।

सामान्य चोट लागे पनि साम्पाङ आफ्नो गन्तव्यतर्फ अघि बढेका थिए । दुर्घटनाका बावजुद उनी निर्धारित कार्यक्रमस्थलमा पुगेर सहभागी भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट