२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चन्द्र भण्डारीले भनेः देशको विषयमा लेख्दा–बोल्दा जिब्रो सम्हालौँ, परिपक्व संवादको प्रतीक्षा गरौँ

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशका संवेदनशील विषय र कूटनीतिक मामिलामा बोल्दा वा लेख्दा अत्यन्तै जिम्मेवार र सचेत हुन सबैलाई आग्रह गरेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक र कूटनीतिक विषयलाई लिएर भइरहेका टीका–टिप्पणी र होहल्ला प्रति संकेत गर्दै नेता भण्डारीले फेसबुकमार्फत भनेका छन्,सडक र सामाजिक सञ्जालबाट कूटनीति चल्दैन । उनले नेता भण्डारीले कूटनीतिको आफ्नै मर्यादा र परिपक्वता हुने उल्लेख गर्दै सडकको गालीगलौजले राष्ट्रिय हित नगर्ने स्पष्ट पारेका छन् । 

उनले भनेका छन्, जिब्रो चिप्लिनु, शब्द चयनमा त्रुटि हुनु वा कूटनीतिक प्रसङ्गमा हुने गल्तीलाई आधार बनाएर सामाजिक सञ्जालमा अनावश्यक होहल्ला र ट्रोल सिर्जना गर्नु उचित होइन । कूटनीति होहल्ला, आरोप–प्रत्यारोप वा सडकबाट नभई संवाद, धैर्य र परिपक्वताबाट निर्देशित हुन्छ । त्यसैले हतारिएर निष्कर्षमा पुग्नुभन्दा प्रतीक्षा गर्नु बुद्धिमानी हुन्छ ।

भण्डारीले भनेका छन्, देश र जननी दुवै पवित्र छन् । व्यक्ति आउँछ र जान्छ, तर देश सदैव रहिरहन्छ । जिउँदो मानिसका गल्ती हुन्छन्, जसलाई सच्याउन सकिन्छ, तर मृतकमा सुधारको कुनै सम्भावना हुँदैन ।

ठूला लक्ष्य र संकल्प लिएर हिँडेका देशका राजनीतिक नेताहरूले समयअनुसारका चुनौती र अवसर दुवैलाई ध्यानमा राखेर मात्रै कदम चाल्नुपर्ने उनको भनाइ छ। 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट